कास्की प्रहरीको हिरासतमा रहेका भारतीयको मृत्यु

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय बन्दिको बिहीबार मृत्यु भएको छ।

भारत मोतिहारी घर भई पोखरा ८ चिप्लेढुङ्गा नजिकै सुन्दर मार्गमा बस्ने ३० बर्षीय सन्दीप शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

लागुऔषध मुद्दामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा रहेका शाहले एक्कासि बान्ता गरेपछी उपचारका लागि सेवा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए।

More News last news
Loading...