काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकप्टर सम्पर्कबिहिन भएको छ ।
मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटनाग्रस्त भएको बुझिएको छ।
दुर्घटनामा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङ सहित ६ जना सवार रहेको जनाईएको छ ।
हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए। ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ ‘मुभ’ भएको प्रहरीले जनाएको छ ।
यस बिषयमा बिस्तृत विवरण आउन बाँकी छ ।
हेलिकप्टरमा सबार यात्रुको नामावली :

तस्बिर: सर्बेन्द्र निरौंलाको फेसबुकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
