ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा १४ बर्षीया बालिका बलात्कृत भएकी छन्।
गत फागुन ९ गते आफन्तको घरमा विवाहमा गएकी बालिकालाई विवाह घरदेखि जबरजस्ती तानेर दुई जना पुरुषले जंगलमा लगेर बलात्कार गरेका हुन्।
बलात्कारको आरोपमा सोहि गाउँपालिका बस्ने २३ वर्षका पेम्बा ग्याबु शेर्पा र १८ वर्षका निमा छिरीङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुवैलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई कानुनी कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख संञ्जयसिंह थापाले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
