काठमाडौं । काठमाडौंको व्यस्त शहरमा खुकुरी हानाहान भएको छ । एक भारतीय नागरिकमाथि खुकुरी प्रहार गरेको आरोपमा ३ जनालाई पक्राउ परेका छन्।
प्रहरीका अनुसार तिलगंगा पहेँलो पुल डेरा गरी बस्ने भारतीय नागरिक मोहमद अलवाज खानमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धनुषा घर भई हाल पिंगलास्थान बस्दै आएका आताबुल रहिम, रवि यादव र सञ्जिव साह भएको प्रहरीले जानकारी दिएको छ।प्र
प्रहरीका अनुसार तीनजानै मिलेर मोहमद अलवाज खानमाथि खुकुरी प्रहार गरेर घाइते बनाएको खुल्न आएपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले आइतबार साँझ पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
