काठमाडौंमा राँगो आतंकः मर्निङवाक हिँडेका एक जनाको ज्यान गयो

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा राँगोले आतंक मच्चाएको छ। राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ।

आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ।

Advertisement

राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो। गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। आतंक मच्चाउने राँगो कसको हो भन्ने बारेमा खुलेको छैन्।

More News last news
Loading...