फागुन १२ गतेदेखि वेगनासताल किनारमा प्रथम ‘सेभेन ए साईड’ वेगनास कप हुने

पोखरा । वेगनासताल किनारमा फागुन १२ गतेदेखि सेभेन ए साईड फुटवल हुने भएको छ।

‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक क्लवले फुटबल प्रतियोगिता गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो।

Advertisement

युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि हिन्दु हरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटवलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।

प्रतियोगिताको विजेताले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकर ५,०००, उत्कृष्ट डिफेन्स ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिता संचालन गर्न रु ८ लाख ५० हजार खर्च लाग्नेछ भने ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ। वेगनासतालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, वेगनासताल वस संचालक समिती, वेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, वेगनासताल मत्स्य व्यवसायी समिती तथा स्थानीय हरुको सहयोग रहेको छ।

More News last news
Loading...