पोखरा । सांसद एबं उद्योगपति सुर्य बहादुर केसीले चर्चीत गायक पशुपति शर्मालाई प्रोत्साहन स्वरुप पुरस्कारको घोषणा गरेका छन्।
मंगलबार पोखरामा आयोजना भएको आहा रारा गोल्ड कपको अन्तिम तयारीको पत्रकार सम्मेलनमा वोल्दै सांसद केसीले एक महिनाको आफ्नो तलव, भत्ता वापतको ५१ हजार रुपैया गायक शर्मालाई दिने घोषणा गरेका हुन्।
राष्ट्रको गहनाको रुपमा मानिने कलाकारलाई हौसला प्रदान गर्नु पर्ने साटो कलाकारको सृजना नै मास्ने कार्यकोमा बिरोध जनाउदै कलाकारको प्रोत्साहन स्वरुप उक्त रकम दिने सांसद केसीले घोषणा गरेका हुन्। गीत संगीत मार्फत जनचेतना फैलाउदै रोयल्टी मार्फत आफ्नो गुजरा चलाउदै आएका कलाकारलाई प्रोत्साहन गर्नुको साट्टो हतोसाहित गर्ने काम भएकोमा दुःख व्यक्त गरे।
गायक शर्माले ‘लुटन सके लुट’ वोलको गीत बजारमा ल्याएको केही दिनमै सत्ताधारी दलका केही व्यक्तिबाट धम्की आएको भन्दै युटुवबाट हटाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
