रुपा गाउँपालिकाका भूकम्पपीडितलाई प्रमाणपत्र बितरण

पोखरा, गण्डकी । विगत २०७२ वैशाख १२ मा गएको महाभूकम्पबाट कम प्रभावित १७ जिल्ला मध्ये कास्कीको रुपा गाउँपालिकामा भुकम्प प्रभावित घर पुननिर्माण सम्पन्न लाभग्राहीहरुलाई प्रमाणपत्र वितरण भएको छ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), कास्कीको समन्वयमा रुपा गाउँपालिका कार्यालयले गाउँपालिकाका ७ वटै वडाका १ सय १५ जना लाभग्राहीलाई प्रमाणपत्र वितरण गरेको हो।

Advertisement

भूकम्प प्रभावित जिल्ला मध्येमा कास्कीको लाभग्राहीले सम्पन्नताको प्रमाणपत्र पाएको पहिलो स्थानीय तह रुपा गाउँपालिका हो। गाउँपालिकाभर १ हजार २ सय ७० जना घर पूर्ण क्षति भएर लाभग्राहीको सूचिमा छन्।

सरकारले भुकम्प पश्चात्त अधिक प्रभावित जिल्ला पछि कम प्रभावित सूचिमा १७ वटा जिल्लाको नाम समावेश गर्न ढिला गरेकोले तत्काल राहन पाउने अवस्थाबाट बञ्चित हुनु परेको गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनाए।

‘पहिलो किस्ता पाउन नै धेरै कसरत गर्नुपरेको गुनासो थियो,’ उनले भने, ‘गाउँपालिकाले पुननिर्माण प्राधिकरणसँगको समन्वयमा जिल्ला कार्यान्वयन इकाई कार्यालयको सहयोगबाट लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउन सफल भएको छ।’

सरकारले पूर्ण क्षति भएका घरहरुको पुननिर्माणका लागि तिन किस्तामा गरी ३ लाख रुपैयाँ उपलब्ध गराएको छ। गाउँपालिकामा अनुदान सम्झौता गरेर पहिलो किस्ता पाउनेमा १ हजार १ सय ९४ जना रहेका छन्। ४ सय २५ जनाले दोस्रो किस्ता सम्झौता गरेका छन् । १ सय २१ जनाले तेस्रो किस्ताको लागि सम्झौता गरिसकेका छन्।

More News last news
Loading...