नेपालमै बनेको मेसिनले कास्कीको खास्टेतालमा झार फोहोर निकाल्दै

काठमाडौँ । ताल सरसफाइमा सहयोग पुग्ने गरी नेपालमै पहिलो पटक निर्माण गरिएको ताल सफा गर्ने मेसिन कास्कीको खास्टेतालमा प्रयोग गरिँदै छ ।

‘गोकार्णु–२’ नाम दिइएको सो मेसिनले जलकुम्भीसहित तालमा तैरिएको अन्य फोहोरसमेत निकाल्ने भएकोले उपयोगी मानिएको छ । १७ लाख रुपैयाँ लागतमा विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निर्मित मेसिनको तौल ४ टन छ भने भारवान क्षमता १ टनको छ ।

Advertisement

१ डिजेलले दुई घण्टासम्म चल्ने सो मेसिन कास्कीका सबै तालमा लगेर प्रयोग गर्ने जनाइएको छ।

More News last news
Loading...