पोखरा । गत शनिबार पोखरा महानगरको गाडीमा आगो जलाएको आरोपमा पक्राउ परेका नेविसंघका ३ जना नेता साधारण तारेखमा रिहा भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सार्बजनिक बिदा शनिबारका दिन सरकारी गाडी चलाएको भन्दै पोखरा महानगरको गाडी जलाएका थिए।
सोही आरोपमा पक्राउ परेका नेविसंघका नेताहरु डिफान भुजेल, परशुराम बस्नेत र बिनय पौडेल आज साधारण तारेखमा रिहा भएका हुन्। ५ जना पक्राउ परेकामा यस अघि नै २ जना छुटिसकेका थिए।

नेविसंका महामन्त्री कुन्दन राज काफ्लेले पोखरामानै गयर ६ दिनपछि छुटेका आफ्ना कार्यकर्तालाई स्वागत गर्दै आयोजित सभालाई सम्बोधन गरको नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
