जापानमा २० बर्षीय नेपाली युवकको निधन

टोकियो, जापान । जापानको साईतामा केनमा बस्दै आएका २० बर्षिय नेपाली युवाको उपचारको क्रममा निधन भएको छ।

साईकलमा सवार नेपाली युवाको गाडीको ठक्करले निधन भएको खवर सेलाउन नपाउँदै बाग्लुगं  घर भएका २० बर्षका सबिन (अर्बिन) क्षेत्रीको उपचारको क्रममा निधन भएको हो ।

Advertisement

गल्कोट नगरपालिका ३ बोहोराफाँट स्थाई घर भएका सविन हाल जापानको साईतामा केनमा बस्दै थिए। उनको साईतामा स्थित साईतामा रेड क्रस अस्पतालमा उपचार भईरहेको थियो ।

सविनलाई उपचारको क्रममा बुधवार राती ११ बजेर १५ मिनेटमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

प्राप्त जानकारी अनुसार सबिनको तीनदिन देखी अस्पतालको सघन कक्षमा उपचार भईरहेको थियो । निधन भएका सविन बुवा आमा सहित परिवारको साथमा बस्दै आएका थिए।

ईन्फ्लुएन्जाबाट ग्रस्त उनको उपचारकै क्रममा निधन भएको उपचारमा सघाउँदै आउनुभएका गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिनुभयो ।

गल्कोट समाजका अध्यक्ष दिलु खत्री सहित उपाध्यक्ष भिम क्षेत्री र सल्लाहकार सन्त खत्रीले कलिलै उमेरमा निधन भएका सबिनको उपचारमा सहयोग तथा हेरचाह गर्दै आउनुभएको थियो।

अध्यक्ष दिलु खत्रीका अनुसार निधन भएका सविनको अन्तिम दाह संस्कार आगामी आईतबार जापानमै गरिने भएको छ।सबिनको यही फेब्रुवरी १० तारिख आईतबारको दिन बिहान ८:३० बजे साईतामा सिमा दाहसंस्कार गरिने भएको छ।

गल्कोट समाज जापानले दुखद घडीमा सबै गल्कोटवासी सहित सम्पूर्ण जापानवासी नेपालीहरुमा साथ दिएर दाहसंस्कारमा उपस्थित भईदिन अनुरोध समेत गरेको छ।

सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु

More News last news
Loading...