म्याग्दिमा चुरोटको ठुटोले लियो ८४ बर्षिया वृद्धाको ज्यान

काठमाडौँ । कहिले काहि सामान्य हेलचेक्राइले पनि ठुलो दुर्घटना हुन्छ । आगोको सानो झिल्काले ज्यान लिन सक्छ । यस्तै घटना भएको छ । म्याग्दिको च्युरिबोटमा पनि।

चुरोटको ठुटोबाट सल्किएको आगोले म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा ८४ बर्षिया फूलमाया घर्तिको ज्यान गएको छ।

Advertisement

पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

प्रनाउ बुढाका अनुसार माघ १९ गते घरको पिढीमा बसेर चुरोट सेवन गर्ने क्रममा चुरोटको ठुटोको आगो कपडामा सल्किएर घर्ती घाइते भएकी थिइन्।

छातीदेखि माथिल्लो भाग जलेर घाइते भएकी उनलाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो ।

More News last news
Loading...