रुकुम पूर्व । रुकुम पूर्वमा एक साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो।
सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालिका रोएको सुनेपछि गएका स्थानीयले आपत्तिजनक अवस्थामा भेटाएको बताइएको छ।
साथीभाइसँगै बसिरहेका गौतम पिसाव फेर्ने बहानामा हिँडेका थिए। स्थानीयले खबर गरेलगत्तै गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो ।
अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले पठाइएको मल्लले जनाउनुभयो। बालिकाको अवस्था सामान्यजस्तो देखिएको भए पनि अस्पतालको रिपोर्टपछि थप भन्न सकिने प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
