कास्की । सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको एक गाडीमा आगजनी गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक नेविसंघ महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेको हो।
संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि बताए।
जलाइएको गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको डेरा मासबार गएको थियो। गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए। दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ।
आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
