स्याङ्जा । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले बलत्कारी र भष्ट्राचारीको पक्षमा लागेको आरोप लगाए ।
नेपाली काँग्रेस स्याङ्जा पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता शर्माले जनताले विकासका लागि म्यान्डेट दिएर नेकपालाई जिताएपनि प्रधानमन्त्रीको अभिव्यक्तिले यसको अवमूल्यन गरेको आरोप लगाए ।
प्रवक्ता शर्माले निर्मला हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन नसक्नु र डा.गोबिन्द केसीका मागलाई समेत बेवास्ता गर्दै अघि बढ्नु दुखदायी भएको उल्लेख गरे ।
सरकारले वाइडबडी, बुडी गण्डकी लगायतमा देशका महत्वपूर्ण आयोजनामा चरम भष्ट्राचार गर्दै कर्मचारी, प्रहरी, पत्रकार माथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाए ।
सरकारले जनताको पक्षमा काम गर्नुको साटो मनलाग्दी जनबिरोधी कार्य गरेकोले माघ २१ गते देशभरि सरकार विरुद्ध प्रदर्शन गर्न लागिएको भन्दै प्रदर्शमा सहभागी हुन आह्वान समेत गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
