अमेरिका । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ। ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको र करोडौँ मानिस प्रभावित भएको बीबीसीले जनाएको छ।
चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेग धेरै प्रभावित भएको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ । उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ।
सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि चिसो रहेको बताइएको छ। त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ। यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ।
अमेरिकी मौसम पूर्वानुमान केन्द्रका अनुसार केही ठाउँमा बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ। विस्कोन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ।
सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
