भेनेजुएला सङ्कटः सर्वोच्च अदालतद्वारा विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

बीबीसी । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइदिएको छ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ।

Advertisement

गत साता गुआइदोले आफूलाई देशको निमित्त नेता घोषणायता भेनेजुएलामा सत्ताको लागि सङ्घर्ष चुलिएको थियो। त्यसपछि सर्वोच्च अदालतको यस्तो आदेश आएको हो।

दक्षिण तथा उत्तर अमेरिकी राज्यहरूको एउटा समूहले तत्काल कुनै पनि सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

पेरूका विदेशमन्त्री नेस्टर पोपोलिजियोले भेनेजुएलामा जारी सङ्कटको शान्तिपूर्ण समाधान खोज्न सन् २०१७ मा बनेको क्यानडासहित १४ देशहरूको एउटा समूह लिमाले सैन्य हस्तक्षेपको विरोध गर्ने बताएका छन्।

अमेरिकी अधिकारीहरूले सङ्कट समाधानका विभिन्न उपायहरूबारे छलफल गर्न आफूहरू तयार भएको बताएका छन्।

गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपङ्क्तिमा अमेरिका रहेको छ। त्यस्तै राष्ट्रपति निकोलस मडुरोलाई पनि रुसजस्ता मित्र शक्तिहरूले समर्थन छ।

सर्वोच्च अदालतले के भन्यो ?
राष्ट्रपति मडुरोको पक्षमा रहेको सर्वोच्च अदालतले महान्यायाधिवक्ता तारेक विलियम शाबले विपक्षी नेता गुआइदोमाथि लगाउनु पर्ने प्रतिवन्धहरूको आह्वान गरेपछि मङ्गलवार तुरुन्तै तिनको अनुमोदन गरेको हो।

विपक्षी नेता गुआइदोले देशमा शान्ति र सुव्यवस्थामा खलल पुर्‍याएका कारण पछिल्लो अवस्थाबारे प्रारम्भिक अनुसन्धान पूर्ण नहुन्जेल देश छाड्न नपाउने महानन्यायाधीश माइकेल मोरेनोले आदेश दिएका छन्।

संसद्‌मा उपस्थित भइसकेपछि पत्रकारहरूसँग बोल्दै विपक्षी नेता गुआइदोले अदालतको सो कदम नयाँ नभएको बताएका छन्।

ह्वाँ गुआइदोलाई भेनेजुएलास्थति अमेरिकी ब्याङ्क खाताहरू नियन्त्रणको जिम्मा घोषणा गरेपछि उनीमाथि प्रतिवन्धका विषय उठाइएका हुन्।

गुआइदोमाथि प्रतिबन्धका खबर बाहिर आएपछि त्यसको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले भेनेजुएलाका महान्यायाधिवक्ता शाबलाई पूर्व महान्यायाधिवक्ता बताउँदै गुआइदोमाथि कुनै किसिमको हानि गर्नेले गम्भीर परिणाम भोग्न पर्ने चेतावनी दिएका छन्।

More News last news
Loading...