प्रदेश नं ३ मा बुधबार सार्वजनिक बिदा, काठमाडौं उपत्यकामा के हुन्छ ?

काठमाडौं। शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने भएको छ । गत बुधवार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले आगामी १६ गते बिदा दिने निर्णय गरेको हो ।

केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने बताउँदै आएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शहीद दिवसको दिन बिदा नहुने बताए ।

Advertisement

प्रदेश ३ मा मात्र सार्वजनिक बिदा दिएको यो नै पहिलोपटक हो। अन्य प्रदेशले भने विभिन्न पर्वमा बिदा दिँदै आएको छ । तर प्रदेशले दिएको बिदामा निजी सङ्घसंस्था, केन्द्रीय सरकार अन्तर्गत रहेका सरकारी निकायहरू भने खुल्दै आएका छन् ।

प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको बारेमा केन्द्रीय सरकारको गृह मन्त्रालयसमेत वोधार्थ पठाएको छ।

More News last news
Loading...