अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

वासिङ्टन । अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो।

Advertisement

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उहाँले बताउनु भएको छ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उहाँले उम्मेदवारी घोषणा गर्नु भएको समाचारमा जनाइएको छ।

सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि हुनु भएकी उहाँ दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो। त्यो कार्यकाल उहाँको २०११ देखि २०१७ सम्म थियो।

अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उहाँ कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुनुहुन्छ । उहाँ भारतीय तामिल समुदायकी छोरी हुनुहुन्छ।

अमेरिकाको इतिहासमा उहाँ दोस्रो अश्वेत महिला सिनेटर हुनुहुन्छ । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन हुनुहुन्थ्यो।

अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ।

More News last news
Loading...