स्याङ्जा । शीत भण्डार सहकारी संस्था लि स्याङ्जाको ५औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पुनः दोस्रो पटक अध्यक्षमा अन्नत कुमार श्रेष्ठ सर्वसम्मत भएका छन्।
त्यस्तै महासंघको उपाध्यक्षमा गणेशबन्धु अर्याल, सचिवमा छायाराम खनाल ,कोषाध्यक्षमा सूरेन्द्रराज पौडेल, सदस्यहरुमा भुपराज अधिकारी, गीता शर्मा, हरि पंगेनी, लक्ष्मीपति पौडेल, मुक्ति अधिकारी, प्रदिप अर्याल चयन भएका छन्।
त्यस्तै लेखासमितिको संयोजकमा रेवतीरमण पौडेल, सदस्यमा द्धोय शिव पंगेनी, जितमान श्रेष्ठ सर्वसम्मत भएका छन्।
कार्यक्रममा बोल्दै भूमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमा कुमारी अर्यालले स्याङ्जा जिल्लाका लागि शित भण्डारण अति आवश्य रहेकोले यसको निमार्णका लागि स्थानिय, प्रदेश सरकार लाग्नुपर्ने बताइन्।
उनले त्यसका लागि मन्त्रालयले गनुपर्ने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता समेत व्यक्त गरिन्। संस्थाका अध्यक्ष अन्नत कुमार श्रेष्ठले सहकारी संघ संस्था र स्थानिय तह मिलेर स्याङ्जामा २५०० मेट्रिक टन क्षमता भएको कोल्ड स्टोरेज बनाउन बिगत देखि काम भइरहेता पनि आर्थिक अभावका कारण काम राम्रोसँग अगाडि बढ्न नसकेको बताए।
उनले ७३ लाख २५ हजार शेयर पुजि, १०७ शेयर सदस्य रहेको संस्थाले बनाउन लागेको कोल्ड स्टोरेजमा सहकारी विभागको ५० प्रतिशत अनुदान रहेको जानकारी गराए। स्याङ्जा जिल्लामा यस वर्ष ४१ करोड बराबरको आलु र ४७ करोड बराबरको सुन्तला उत्पादन भएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पुतलीबजार नगरपालिका प्रमुख सिमा क्षेत्री, भिरकोट नगर प्रमुख छायाराम खनाल, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष केशवराज लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठ लगाएतले स्याङ्जा जिल्लाको कोल्डस्टोरेज निमार्ण भएर सञ्चालनमा आए आर्थिक विकाससँगै जिल्लामा फरक पहिचान बन्ने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
