ओली सरकारले सर्वसत्तावादी शासन लाद्न खोज्यो : सभापति देउवा

कुमार बाबू हितँगा

स्याङ्जा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार एक कार्यक्रममा बोल्दै बर्तमान ओली सरकारले प्रजातन्त्रको मुल्य मान्यतालाई कटौती गर्दै सर्वसत्ताबादी शासन लाद्ने दुश्प्रयास गरेको आरोप लगाउनुभएको छ।

Advertisement

शुक्रबार स्याङ्जामा जातन्त्र शेनानी स्व. शिवकुमार अधिकारीको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले बाम सरकारको बिरुद्धमा संघर्षमा जानु पर्ने अवस्था सृजना भएको भन्दै देउवाले भन्नुभयो “सघर्षको सुरुवात स्याङ्जाबाट हुन्छ।”

सभापति देउलाले वीपीले काङ्ग्रेस सङगठन हेर्न स्याङ्जा जानू भन्ने भनाइलाई स्मरण गर्दै अहिलेको बाम सरकारको विरुद्धमा संघर्षको सुरुवात स्याङ्जाबाटै गर्नुपर्ने बताए।

उनले भने पाटी एक जुट नभएकाले हार बेहोर्नु परेको भन्दै स्वा अधिकारीले देखाएको बाटोमा एकजुट भएर अगाडि बढेमा आगामी निर्वाचनमा ठूलो पार्टी बन्ने पनि जिकिर गरे।

नेपाली काङ्ग्रेसले स्याङ्जा पाटी सभापति कमल पङ्गेनी, शिव कुमार अधिकारी जस्ता नेतालाई गुमाएकोमा दु ख व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अगाडी बढ्न सबै स्याङ्जाली काग्रेसलाई आग्रह गर्दै सभापती देउवाले अधिकारी सबैका अग्रज भएको बताउनुभयो।

त्यस्तै केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ बिधिको धनराज गुरुङ्, प्रदिप पौडेल, पुर्व मन्त्री यज्ञ बहादुर अधिकारी, पुर्व सांसद खगेन्द्र राज रेग्मी, सबिधान सभा सदस्य राजु थापा, प्रदेश सभा सदस्य भवगत प्रकाश मल्ल, प्रदेश सभा सदस्य बिन्दु थापा, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, स्वः अधिकारी छोरा सुबोध अधिकारी, भाई बिश्व प्रेम अधिकारी, प्रजातन्त्र सेनानी मेघ बहादुर खड्का लगायतले स्व अधिकारीको बारेमा चर्चा गर्नुभयो।

ब्रेन ट्युमरबाट ४ महिनादेखि बिरामी भएका अधिकारीको पुस १० गते निधन भएको थियो।

More News last news
Loading...