झापा । झापाको बुद्धशान्ती–४ अमर बस्तीमा एक नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको छ।
मंगलबार स्थानिय शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गाडेको नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।
शव आफन्तको पहिचान नभएकाले खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चाल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
