‘उत्कृष्ट होमस्टे पुरस्कार–२०७५’ बाट पित्लेक सामुदायिक होमस्टे सम्मानित

स्याङ्जा । नेपालको सामुदायिक होमस्टे संस्थापक ‘क्याप्टेन रुद्रमान गुरुङ उत्कृष्ट होम स्टे पुरस्कार–२०७५’ बाट पित्लेक देउराली सामुदायिक होमस्टे सम्मानित भएको छ ।

पर्यटन विकास समिति सिरुवारीद्धारा स्थापित उक्त पुरस्कारबाट वालिङ न.पा वडा नं ५ मा रहेको पित्लेक देउराली सामुदायिक होमस्टे सम्मानित भएको हो ।

Advertisement

उक्त होमस्टे कृषिमा आधारित पर्यटन संग सम्बन्धित छ । कार्यक्रममा बोल्दै जिल्ला पयर्टन विकास समिति पूर्व उपाध्यक्ष अन्नत कुमार श्रेष्ठल कार्यक्रम ऐतिहासिक भएको भन्दै यस्तो कार्यक्रम आयोजनाले होमस्टे विस्तार र विकासमा टेवा पुगेको बताए ।

कार्यक्रममा पित्लेक देउराली सामुदायिक हामस्टेका अध्यक्ष महेश गुरुङ ,स्याङ्जा फेडरेसनका उपाध्यक्ष गोविन्द प्रसाद शर्मा,पर्यटन विकास सिरुवारी संयोजक जुम गुरुङ, संस्कृति विद्ध लेख बहादुर गुरुङ लगाएतले स्याङ्जा जिल्ला होमस्टेको राजधानी भएकोले पर्यटकको पहिलो रोजाई रहेको बताउदै यस्तो कार्यक्रमले थप उत्साह थपेको बताए ।

More News last news
Loading...