सुनसरी । सुनसरीको दुहवी गोली भल्दा एकजनाको हत्या भएको छ ।
दुहबी गाउँपालिका वडा नंम्बर ९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए । छातीमा गोली लागेपछि गम्भीर घाइते भएका हुसेनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
हुसने दुहबी गाउँपालिका वडा नंंम्बर ९ का वडाअध्यक्ष मेहदी हुसेनका भाइ हुन् । २० वर्षदेखि इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
