काठमाडौं । सरकारले बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले खाना पकाउने ग्यासलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पार्नु भयो।
पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत प्रशारण लाइनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको पनि जानकारी दिनुभयो।
प्राधिकरणले पाँच वर्ष भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
