तनहुँ । तनहुँ जिल्ला उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइको आयोजनामा हुने खुल्ला तीज गीत प्रतियोगिताको तयारी पुरा भएको छ ।
‘‘लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौ, हरितालिका तीज पर्व भव्य रुपमा मनाउ’’ भन्ने नाराका साथ हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक रोजिना खातुनले बताइन् ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी सहित स्थानीय कलाकारले बिभिन्न प्रस्तुती दिने कार्यक्रम रहेको छ । दुलेगौडामा हुने प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतिय हुनेले क्रमशः २१ हजार, १४ हजार, ७ हजारसँगै प्रमाणपत्र पाउने खातुनले जानकारी बताईन् ।
यस्तै सान्त्वना हुने समुहलाइ ३ हजार, उत्कृष्ट नृत्य र भेषभुषालाइ १ हजार ५ सय प्रदान गरिनेछ । १५ समुहले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
