मोदीको पोखरा र लुम्बिनीको भ्रमण सुरक्षाको कारण देखाउँदै रद्द

काठमाडौँ । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।

सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो ।

Advertisement

भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ ।

यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।

यसपटक जसरी पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने तयारी भइरहेको थियो । तर, सुरक्षाको कारण भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ ।

‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ दूतावस स्रोतले भन्यो ।

त्यसले गर्दा समस्या देखिएको हुनाले भारतकै तर्फबाट नै यसपटक पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ ।

२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदी जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारीमा थिए ।

तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द भएपछि प्रधानमन्त्री मोदीले आफै लुम्बनी भ्रमणसमेत रद्द गरेका थिए । जनकपुरको भ्रमण रद्द भएपछि लुम्बिनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द गरेको थियो ।

यसपटक पनि सुरक्षाको कारण देखाउँदै लुम्बिनी र पोखराको भ्रमण रद्द गरिएको छ ।

सम्मेलनमा भाग लिन काठमाडौँ आएका मोदीले भारतको सहयोगमा गौशालामा निर्मित धर्मशालाको उद्घाटन गरिने नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले हिजै जानकारी गराइसकेका छन् । तर, पोखरा र लुम्बनीको बारेमा केही बोलेनन् ।

उनले भने, ‘गौशालामा धर्मशाला उद्घाटन गर्ने कुरा जानकारीमा आएको छ तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी र पोखराको भ्रमण गर्नुहुन्छ त्यसको बारेमा कुनै जानकारी छैन । मैले पनि सुनेको मात्रै हुँ तर त्यसको आधिकारिक जानकारी केही पनि छैन ।’

More News last news
Loading...