सभापति पंगेनीको निधनले शोकमा डुव्यो स्याङ्जा, देशलाई अपुरणीय क्षति पुगेको देउवाको भनाइ

स्याङ्जा । ह्दयघातबाट निधन भएका नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीलाई स्याङ्जा पुगी शिर्ष नेताहरु श्रद्धान्जली प्रकट गरेका छन् ।

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोईराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ्, नेता गगनकुमार थापा, नेता प्रदिप पौडेलले श्रद्धान्जली अर्पण गरेका थिए ।

Advertisement

श्रद्धान्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताए । लोकतान्त्रिक बाटोबाट जनताको विकासमा पंगेनीले लिएको मार्ग मार्फत जनताको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताए । स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । 

उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र न. २ बाट विजयी भएका थिए । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्न सफल भएका थिए । सभापति पंगेनीको निधनले स्याङ्जा काँग्रेस शोकमा डुवेको छ। 

स्वर्गिय पंगेनीको पार्थिव शरिरलाई जिल्लाका विभिन्न क्षेत्रका ठुलो संख्यामा पाटी कार्यकर्ता, शुभेच्छुक, इष्टमित्र लगायतले श्रदाञ्जली दिएका थिए । स्वर्गिय पंगेनीको सम्मानमा पार्टी कार्यालयबाट पुतलीबजार नगरपालिकाका प्रमुख भागको परिक्रमा गराएर शब यात्रा निकालिएको थियो । पंगेनीको आइतबारनै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । 

More News last news
Loading...