पोखरा । टुडेज मिनिरल वाटरका संचालकले अनुगमनमा गएका विभिन्न मिडियाका संचारकर्मी माथि दुव्र्यवहार गरेका छन्।
पोखराको एक खानेपानी उद्योगमा सिलबन्दी गरिएको छ।
केही दिन अगाडि गरिएको पानी परिक्षणमा मानिसको स्वास्थ्यलाई निकै घातक मानिएको पोलिफर्म जिवाणुँ भेट्एिपछि सिएम आक्वा मिनिरल वाटरको टुडेज नामक खानेपानीमा शिलबन्धी गरिएको सहायक प्रमूख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताएका छन्।
उक्त खानेपानी कम्पनीको जारको पानी ल्याब टेष्ट गर्दा पोलिफर्म जिवाणुँ भेट्टिएको र पटक पटक सचेत गराउँदा पनि कम्नीको तर्फबाट सुधार नभएका कारण पुनः कारवाही अगाडि बढाईएको अधिकारीले बताएका छन्।
उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले मूल्य समायोजननका विषयमा एकरुपता नभएको र खानेपानी कम्पनीहरुले मनलाग्दी व्यवसाय संचालन गर्दै आएको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
