थाइल्याण्डमा पानीले भरिएको गुफामा फसेका बाँकी आठ बच्चा र उनीहरुका प्रशिक्षकलाई निकाल्नका लागि राहत र उद्दारकर्मी तयार छन् ।
यो गुफामा कूल एक प्रशिक्षकसहित १२ बच्चा फसेका थिए जसमध्ये आइतबार चार बच्चालाई सुरक्षित निकालिएको थियो । राहत र उद्दार कार्यमा प्रयोग भइरहेको ट्याङ्कलाई परिवर्तन गर्नका लागि यो अभियान रातभरी रोकिएको हो ।
गुफामा पानी बढ्ने अशंकाका कारण उनीहरुलाई चाँडोभन्दा चाँडो बाहिर निकालिने कोसिस गरिँदैछ । यी बच्चाहरु गुफामा जून २३ तारिखदेखि फसिरहेका छन् ।
चियांग रायका गर्भनर नारोंगसक ओसोटानकोर्नले सोमबार बिहानैदेखि राहत र उद्दारको कार्य सुचारु गर्नका लागि आइतबार सबै एयर ट्याङ्कको व्यवस्था मिलाइएको जानकारी दिए ।
बाँकी बच्चालाई पनि निकाल्ने तयारी भइसकेको छ । गोताखोरले बच्चालाई अँध्यारोमा पानीसँग कसरी सामना गर्ने भन्ने बारे जानकारी दिइरहेका छन् ।
पानी रोकिएकाले राहत–उद्दारकर्मी मिशन सफल हुने कुरामा आशावादी छन् । पहिलो चरणको अभियानमा पनि युद्धस्तरमा सर–सामानलाई गन्तव्यसम्म पुर्याइएको थियो ।

गुफाबाहिर रहेका बीबीसी संवाददाता निक बीकको बयानः
यो एक हाई–प्रोफाइल अभियान हो । थाइल्याण्डलाई थाहा छ कि संसारभरीका मानिसहरुले यो घटनालाई नियालिरहेका छन् । यी बच्चालाई त्यहाँबाट सकूशल निकाल्नु एक ठूलो चुनौती हो ।
राहत–उद्दार समूहमा संसारभरीका विशेषज्ञ गोताखोर समावेश छन् र उनीहरुले आइतबार चार बच्चालाई सुरक्षित निकालेर यसको पुष्टि गरिसकेका छन् ।
चार बच्चालाई सुरक्षित निकालेपछि मानिसहरुमा आशा जागेको छ । पूरा अभियानबाट स्पष्ट हुन्छ कि गोताखोर आफ्नो लक्ष्यपूर्तीका पूर्ण रुपमा प्रतिबद्ध छन् ।
राहत–उद्दारकर्मी गुफासम्म कसरी पुगे ?
गुफाको प्रवेशद्वारभन्दा चार किलोमिटर टाढा उनीहरु फसेका छन् । यी बच्चाहरुको उमेर ११ देखि १७ वर्ष बीच छ । उनीहरु वाइल्ड बोर्स फुटबल क्लबसँग आबद्ध छन् ।
राहत–उद्दारकर्मी गुफामा ड्रिल गर्नेबारे पनि विचार गरिरहेका छन् । यसका साथै गुफासम्म पुग्नका लागि दोस्रो तरिकाको खोजी पनि जारी छ ।
वर्षा भए अबको दिन थप चुनौतीपूर्ण हुनेछ । राहत–उद्दारकर्मी गुफाको जलस्तर बृद्धि नहोस् भन्नका लागि पम्पमार्फत पानी निकालिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
