काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ नामाकरण गरेकोमा बिरोध जनाएको छ । नयाँ शक्तिले प्रदेशको नामाकरण संविधानको मर्म र भावना अनुसार नभएको ठहर गर्दै बिरोध जनाएको हो ।
नयाँ शक्तिले प्रदेशको नामाकरण गर्दा राज्य पुनर्संरचना समिति र आयोगको प्रस्ताव अनुसार पहिचानका ५ र सामार्थ्यका ४ आधार बमोजिम नभएको बताएको छ ।
‘संविधान सभाबाट जारी नेपालको संबिधानको प्रस्ताबनामै नेपाल बहुजातिय, बहु्भाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त बिशेषतालाई आत्मसात गरेको देश भनिएको सबैलाई ज्ञात छ ।’
नयाँ शक्तिकी राष्ट्रिय मामिला संयन्त्र संयोजक हिसिला यमिद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘यसलाई थप पुष्टि गर्ने गरि नेपालको राज्य पुनर्संरचना समिति र आयोग दुबैलेसमेत नेपालको संघियताको आधार पाँच पहिचान र चार सामथ्र्यको आधारलाई पारित गरेको सबैलाई अवगत नै छ ।
यस्तो अवस्थामा ४ नम्बर प्रदेशले संबिधानको मूल भावना बिपरित ‘गण्डकी’ प्रदेश नामाकरण गरेकोमा नयाँ शक्ति पार्टी नेपालको राष्ट्रिय मामिला संयन्त्रले यसको घोर भत्र्सना गर्दछ ।’ नयाँ शक्तिले बहुपहिचानको आधारमा ‘तमुवान मगरात’ वा ‘तमुवान गण्डकी’ हुनुपर्नेमा जोड दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
