थाईल्याण्ड : गुफामा फसेका खेलाडी उद्धारमा खटिएका गोताखोरको मृत्यु

चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्‍याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ। उनी ३८ वर्षका थिए।

Advertisement

एक अधिकारीले भने, “उनी अक्सिजन पुर्‍याउन गएका थिए। उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो।”उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ।

गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ। उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए।

किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन्।

More News last news
Loading...