सोधपुछको नाममा प्रहरीले बर्साए महिलामाथि मुक्का, गयो जागिर (भिडियोसहित)

न्यू जर्सी । न्यू जर्सीको एक समुन्द्री किनारमा प्रहरीहरुद्वारा गरिएको लज्जास्पद घटनाको बाहिरिएको छ । उनीहरुले समुन्द्री किनारमा बसिरहेकी एक महिलाई जाँचबुझ गर्ने बाहानामा कुटपिट गरेका छन् ।

२० वर्षीया एमिली विनमेनले सोधपुछको नाममा आफूमाथि प्रहरीले कुटपिट गरेको आरोप लगाएकी छिन् । प्रहरीहरु रक्सी पिएको वा नपिएको भन्ने जाँच गर्न आएको भएपनि आफूमाथि मारपिट गरेको उनले बताइन् ।

Advertisement

भिडियो देखिएअनुसार पहिले ति महिला प्रहरीबाट टाढा जानन खोज्छिन्, तर त्यति नै बेला एक प्रहरीले उनलाई जमिनमा पल्टाउँछन् र अर्का एक प्रहरीले उनीमाथि मुक्का बर्साउन सुरु गर्छन् ।

प्रहरी निलम्बित

यो भिडियो न्यूजर्सी प्रहरी कार्यालयले जारी गरेको हो । भिडियो एक प्रहरीको शरीरमा बाँधिएको क्यामरामा रेकर्ड भएको थियो । भिडियो सार्वजनिक भएपश्चात प्रहरीलाई निलम्बन गरिएको छ ।

हेर्नुहोस् भिडियो:

More News last news
Loading...