प्रदेश ४ को नाम गण्डकी राख्न नदिने, जनजाति महासंघले दियो यस्तो चेतावनी

काठमाडौं । प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोकामा आदिवासी जनजाति महासंघले विरोध जनाएको छ।

महासंघले बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन्।

Advertisement

महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ :

‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी’ प्रदेश नामाकरण गर्न लागेको खबरप्रति सम्पूर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ’।

‘पहिचानको मूलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल हुने स्मरण गराउँदछौं’ ‘ साथै प्रदेश संसदको यसखाले कदमले वर्तमान राज्य सरकारले परिकल्पना गरेको स्थायी शान्ति सहितको समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पुरा हुन नसक्ने र मुलुक फेरि द्वन्द्वतिर जाने समेत अवगत गराउँदछौं’।विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रदेशसभा ४ को सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम गण्डकी नै राख्ने निर्णय गरेको थियो।

आदिवासी जनजाति महासंघ, तमुह्युल छोँध धी गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर संघ, नेवास् देय् दबु, नेपाल तामाङ घेदुङ, किरात याक्थुङ चुम्लुङ र नेपाल शेर्पा संघले संयुक्त विज्ञप्ति जारी गरी ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी प्रदेश ४ को नाम ‘तमुवान-मगरात’ नामाकरण गर्न प्रदेश आग्रह गरेको छ ।

संघसंस्थाले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेशसभाले गलत निर्णय गर्न गएको भन्दै उक्त निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी प्रदेश सरकार र प्रदेश संसदले लिनुपर्ने चेतावनी दिएका छन् ।

More News last news
Loading...