प्रदेश ४ को नाम गण्डकी लगभग पक्कापक्की

काठमाडौं । प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो ।

नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटकपटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । छलफलपछि दुई तिहाई बहुमतले गण्डकी नाम पारित गर्ने पक्काजस्तै भएको छ ।

Advertisement

मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् ।

नाम के राख्ने भन्ने बारेमा पार्टीभित्रै फरक मत भएकाले बैठकमा नामांकनबारे मंगलबारको बैठकबाट पनि टुंगो लाग्न सकेको थिए । साविक एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि साविक माओवादी तमुवान-मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।

More News last news
Loading...