पोखरा विमानस्थल : ३० यात्रु सवार यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिपछि…

कास्की । पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ।

चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौँबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ।

Advertisement

विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच पनि भइरहेको कार्यालयले जनाएको छ ।

More News last news
Loading...