काठमाडौं । प्रहरीले गुण्डा नाइके अशोक लामा माथी गोली चलाएको छ। उनको दाहीने खुद्टामा गोली लागेको छ। घाइते लामाको वीर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई यूएन पार्कमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथी नै आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।
लामा ज्यान मुद्दामा फरार थिए। उनीमाथि सार्वजनिक मुद्दा समेत दायर छन्। महाशाखाले चोरी, फरार अभियुक्त, गुण्दागर्दी विरुद्ध १५ दिने विशेष अभियान चलाइरहेको छ।
लामा ललितपुर क्षेत्रलाई आधार बनाएर प्लटिङ, ढुंगाखानी, व्यापारी, ठेकेदारहरुसँग हप्ता असुली गर्दै आइरहेका थिए। ३८ वर्ष उनी दावा लामा समूहका हुन्। उनको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
