वासिङ्टन। जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन्। यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन्। तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ। यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ।
अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ तोकेको छ। यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ। यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ।
मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ । हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं। जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ। साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ।’
कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
