भारतीय प्रहरीको सनसनीपूर्ण खुलासा-मोदीको हत्या गर्ने माओवादी योजना !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनेको समाचार भारतीय सञ्चारमाध्यमहरु प्रकाशन भएका छन्।

महाराष्ट्रको पुणेमा प्रहरीले अदालतमा एक पत्र पेश गर्दै भारतीय माओवादीले प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाएको दाबी गरेको छ।

Advertisement

मोदीको राजीव गान्धीको जस्तै हत्या गर्ने योजना माओवादीले बनाएको प्रहरी रिपोर्टबारे पुणेको विशेष अदालतका सरकारी वकिलले बताएका छन् ।

प्रहरीका अनुसार भीमा कोरेगाउमा जनवरीमा भएको हिंसाको सिलसिलामा पाँच जनाको गिरफ्तारीपछि यस्तो जानकारी आएको हो । प्रहरीको दाबी अनुसार यो पत्र एक अभियुक्त रोना ज्याकव विल्सनको दिल्ली स्थित फ्याटबाट फेला पारेको थियो ।

कमरेड प्रकाशलाई सम्बोधन गरिएको यस पत्रमा विहार र पश्चिम बंगालमा हारका बावजूद भाजपाको १५ भन्दा धेरै राज्यमा जीतमाथि चिन्ता व्यक्त गरिएको छ ।

पत्रमा भनिएको छ,‘यदी यहि अवस्था रहेका हरेक पार्टी समस्यामा पर्नेछन् । मोदी राजको अन्त गर्न कामरेड किशन र अन्य केही वरिष्ठ कमरेडहरुले कडा कदम चल्नु भएको छ । अर्थात ‘कन्क्रिट स्टेप’ चाल्नु भएको छ । हामी राजीव गान्धी जस्तै एक अर्को घटनाबारेमा सोचिरहेका छौं ।’

पूर्व प्रधानमन्त्री राजीव गान्धीको २१ मे १९९१ मा तामिलनाडुको श्रीपेरम्बदूरमा मानव बमको माध्यमबाट हत्या गरिएको थियो । राजीव एक सभामा सहभागी हुन त्यहाँ गएका थिए।यसबीच गृहमन्त्री राजनाथ सिंहसले प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाको समीक्षा गर्ने बताएका छन्। बीबीसी हिन्दीबाट

More News last news
Loading...