बीबीसी : १९ वर्षीया प्रदीपाको जन्म तमिलनाडुको विल्लीपुरम जिल्लाको पेरुवलपुर पञ्चायतको एउटा गाउँमा भएको थियो । सन् १९९९ जुलाई २७ तारिखमा जन्मिएकी प्रदीपाका पिता शनमुघम मजदुरी गर्छन् । उनकी आमा, अमुधा गृहणी हुन्।
जुन ४ को बेलुकी लगभग ७ बजे छिमेकी जयन्तीले प्रदीपालाई उनका आमाबुबाले साइकलमा राखेर कतै लैजान लागेको देखिन् । केही काम विशेषले उनलाई कतै लगिएको होला, उनले सोचिन् । तर राति ११ बजे प्रदीपाको मृत्युको खबर गाउँसम्म आइपुग्यो । गाउँले चकित भए ।
जयन्ती भन्छिन्, ‘हामी उनलाई अम्मु भन्थ्यौँ । हुन त उनी हेर्दा शान्त स्वभावकी थिइन् तर घरमा ठट्टा गरिरहन्थिन् ।’
प्रदीपा, शनमघुम र अमुधाकी तेस्रो सन्तान थिइन् । प्रदीपाकी दिदी उमा प्रिया वेल्लुरमा एमसीए (मास्टर अफ कम्प्युटर एप्लिकेसन) पढिरहेकी छिन् भने दाइ प्रवीन राज इन्जिनियरिङ ।
प्रदीपाले १० कक्षासम्मको अध्ययन पेरुवलुरमा गरिन् । १० कक्षामा उनले पाँच सय पूर्णाङ्कमा चार सय ९० हाँसिल गरिन् । उनी जिल्लाभरीकै अब्बल थिइन् । त्यसपछि जिल्लाका एक अधिकारीको मद्दतले उनी एक प्राइभेट स्कुलमा भर्ना भइन् ।
सन् २०१६ मा प्रदीपाले १२ कक्षाको परीक्षा दिइन् र यसमा १२ सय पूर्णाङ्कमा ११ सय २५ अङ्क प्राप्त गरिन् । प्रदीपा आफ्नो नम्बरले दुःखी थिइन् किनभने नेसनल एलिजिबिलिटी इन्ट्रान्स टेस्ट (निट) बिना उनले प्राप्त गरेको अङ्कले प्राइभेट कलेजमा मात्र भर्ना दिलाउँथ्यो ।
सन् २०१७ मा निट व्यवस्था लागू गरिएको थियो र प्रदीपाले यसै व्यवस्थाअनुसार परीक्षा दिने निर्णय गरेकी थिइन् ।
उनका बुबा भन्छन्, ‘उनलाई कुनै कुराको चिन्ता थिएन । परीक्षा पास गर्ने विषयमा उनी पूर्ण विश्वस्त थिइन् । ’
सन् २०१७ मा प्रदीपाले निटको परीक्षा अङ्ग्रेजीमा दिइन् र यसमा उनको एक सय ५५ प्राप्ताङ्क थियो । यो नम्बरले पनि उनी प्राइभेट मेडिकल कलेजमा मात्र भर्ना हुन सक्थिन् । त्यसकारण उनले पुनः अर्को पटक निट परीक्षा दिने निश्चित गरिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
