काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ।

यसअघि पाँच हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ रुपैयाँ बढाएर सात हजार १ सय ९५ रुपैयाँ भाडादर कायम गरिएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो।

Advertisement

एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ। निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईले बताउनुभयो।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक हप्ता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ।

More News last news
Loading...