तनहुँको भिमादमा काँग्रेस संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

तनहुँ । नेपाली काँग्रेस भिमाद नगरपालिका वडा नं १ को संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले दिपक आलेको नेतृत्वमा छायाँ सरकार गठन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस तनहुँका पूर्व सभापति एवं संविधान सभा सदस्य धुव्र वाग्लेले अब काँग्रेसले सबै खाले गुटबन्दी त्यागेर अगाडी बढे काँग्रेस कहिल्यै पनि कमजोर नहुने बताए ।

Advertisement

कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला कार्यवहाक सभापति जितप्रकाश आलेले जिल्लामा पार्टीका लागि काम गर्ने र खट्ने नेता तथा कार्यकर्तालाई आफूले अवसर दिने र गुटबन्दी नगर्ने तर पार्टीलाई नै सिध्याउन खोज्ने भने पार्टीमा रहन नसक्ने बताए ।

यसैगरी कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं भिमाद नगरपालिका संयोजक चुणामणी खनालले भिमाद न.पा. मा आफूहरु चुनाव हारेतापनि त्यस क्षेत्रका स्थानीय जनताहरुको समस्या समाधानका लागि सदैव साथमा रहने प्रतिबद्धता जनाए ।

More News last news
Loading...