टिपरको ठक्करबाट आमाछोरासहित तीनजनाको ज्यान गयो

भक्तपुर । भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाछोरासहित तीन जनाको ज्यान गएको छ ।

बुधबार दिउँसो साढे १ बजे भक्तपुरको नलीनचोकमा काभ्रेबाट काठमाडौँका लागि छुटेको बा ३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

Advertisement

ज्यान गुमाउनेमा दोलखा घर भई भक्तपुर बस्ने ५० वर्षका हरिबहादुर कटुवाल, ४२ वर्षकी सविता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द्र घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि चालक फरार छन् ।

टिपरलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । ज्यान गुमाएका तीनै जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

More News last news
Loading...