गगनगौँडावासीद्वारा प्रहरी नायव निरिक्षकलाई स्वागत

कविराज खनाल

लेखनाथ । पोखरा लेखनाथ नगरपालिका वडा नं. ३० मा रहेको वडा प्रहरी कार्यालय पावरहाउका कार्यालय प्रमुख एवं प्रहरी नायव निरिक्षक शुशिल घिमिरेलाई स्थानीयवासी द्धारा स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

स्वागत एवं परिचय कार्यक्रममा वोल्दै निरिक्षक घिमिरेले शान्ति शुरक्षा कायम राख्न सुरक्षा निकाय सदैव स्थानीय वासीको साथमा रहेको औल्याउदै यस क्षेत्रका जनताको सहयोग र साथ पाएमा अझ शसस्क्त रुपमा आफु लाग्ने विचार राखेका थिए।

लम्जुङ श्री भन्ज्याङ दोर्दी स्थायी घर भएका निरिक्षक घिमिरे २० वर्षको सुरक्षा क्षेत्रमा लामो अनुभव सम्हालेका उनी जि.प्र.का. कास्कीवाट हालसालै सरुवा भई आएका हुन।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं। ३२ का वडा अध्यक्ष अक्कल वहादुर कार्की र वडा प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष मिनवहादुर केसी लगायत स्थानीय वासीले निरिक्षक घिमिरेको कार्यकाल र सफलताको शुभकामना राखेका थिए ।

More News last news
Loading...