भीमाद नगरपालिकामा शोक सभा

तनहुँ । नेपाली काँग्रेस भीमाद नगरपालिकाले आफ्नो सक्रिय कार्यकर्ताको सम्झनामा शनिबार शोक सभा सम्पन्न गरेको छ ।

भिमाद नगरपालिका वडा न १ निवासी कृष्णकान्त सिग्देलको बाह्रौ पुण्य तिथीको अवसरमा किहुँमा शोक सभा सम्पन्न भएको नेपाली काँग्रेस भीमाद नगर समितीले जनाएको छ ।

Advertisement

नगर समितीका सह–संयोजक माधव लम्सालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेकाका नेता तथा पूर्व साँसद रामचन्द्र पोखरेलले स्वर्गिय सिग्देलको निधनले पार्टी पंतीमा अपुरणिय क्षति पुगेको बताए ।

स्वर्गिय सिग्देलले यस क्षेत्रको विकास निर्माणको लागी सधै जुधी रहने स्मरण गर्दै उहाँको योजनालाई साकार पार्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । शोक सभामा बोल्दै महाधिवेशन प्रतिनिधि चुडामणि खनालले स्वर्गिय सिग्देलले पार्टी प्रति देखाएको उदारताको पार्टीले सधै सम्मान गर्ने बताए ।

साथै खनालले स्वर्गिय सिग्देलले यस क्षेत्रको विकासका लागी देखेको सपना साकार बनाउनको लागी पार्टी लागी पर्ने जानकारी दिदै उनको विचारको अनुशरण गर्दै उहाँको सिद्धान्तलाई मुर्त रुप दिन सके मात्र सच्चा श्रद्धाञ्जली हुने दाबी गरे ।

कार्यक्रममा क्षेत्रिय उपसभापति ओम प्रकाश सिग्देल, पार्टीका क्रियाशिल सदस्य सुरेश खनाल, वडासदस्यका उम्मेदवार इन्दिरा सिग्देलले स्वर्गीय सिग्देल प्रति शोक मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम नेकाका पूर्व क्षेत्रिय सदस्य विष्णु सिग्देलले सञ्चालन गरेका थिए ।

More News last news
Loading...