रुकुम । रुकुममा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । गाउँपालिका –१ पञ्चासेमा रा १ त २२६१ नम्बरको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइतेको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
