पोखरा ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका- ७ एयरपोर्टमा रुख ढलेर कार च्यापिदा २ जना घाइते भएका छन्।

बिहिबार बिहान करिब ११ बजेको समयमा पार्दीबाट पृथ्वीचोक तर्फ आउदै गरेको कारमाथी अचानक रुख ढल्न जादा कार च्यापिएको हो।

Advertisement

ग १ च ४९८१ नम्बरको कार च्यापिदा कारमा सवार पोखरा लेखनाथ महानगरपालिका- १६ महेन्द्रगुफा निवासी ४६ बर्षीया सुकुमाया सुनार र सुर्य बहादुर बि.क. घाइते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए।

घाईते भएका दुबैजनाको फेवासिटि हस्पिटल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रुख ढल्दा केहीबेर सडकमा आवतजावतमा कठिनाई भएको थियो।

More News last news
Loading...