ट्याक्सीमा मिटर नचलाउने चालक कारबाहीमा

ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ ।

ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो ।

Advertisement

ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले/नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए । उनले भने, ‘हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कारबाही पनि गरिरहेका छौं ।’ ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताए ।

यस अघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कारबाही गर्दै आएको थियो । ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे ।

अहिले गुडिरहेको ठाउँमा कारबाही थालिएको हो । उनले भने, ‘अहिले हामीले गरेको कारबाही यात्रु आफैंँले पनि देख्नुहुन्छ ।’ ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कारवाही गर्दै आएको छ ।

चालकले काठमाडौंँमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भने, –‘यो ठाउँ कहाँ पर्छ भन्नासाथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’

More News last news
Loading...