स्याङ्जा । नेपाल तरुण दल स्याङजाले बिभिन्न कार्यक्रमसहित गाउँ गाउँमा कार्यकर्ता भेला तथा सदस्यता वितरण गर्ने भएको छ ।
मंगलबार भिरकोट नगरपालिका बयरघारीमा बसेको बैठकले तरुण दलको केन्द्रिय परिपत्रअनुसार यही जेठ ५ गते जिल्ला प्रशिक्षण, १२ गते ११ वटै स्थानीय तहमा प्रशिक्षण, १९ गते ९७ वडाहरुमा प्रशिक्षण गरी सदस्यता तथा सक्रिय सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल तरुण दलका जिल्ला सभापति तथा प्रदेश सांसद भागवतप्रकाश मल्लले स्याङजामा तरुणहरु सक्रिय अवस्थामा रहेको र आगामी दिनहरुमा पनि अझ सक्रिय भएर लाग्न आग्रह गरे ।
साथै उनले आगामी निर्वाचनमा कागे्रसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्नका लागी युवाहरु अहिलेदेखि नै सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
