पोखराको याम्दीमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पोखरा । पोखराको याम्दीमा ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ।

पोखराको हेम्जाबाट याम्दीतर्फ आउँदै गरेको ग १ त ३०८८ नम्बरको ट्रयाक्टर शनिबार दिउसो हेम्जा तिब्बेतियन क्याम्प नजिकै पल्टिदा ट्र्याक्टर चालक मादी गाउँपालिका भाचोकका ३५ बर्षिय दिपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा परी ट्र्याक्टरका सहचालक माछापुच्छ्रे गाउपालिका ३ का १५ वर्षीय सरोज नेपाली घाइते भएका छन्। नेपालीको अवस्था सामान्य रहेको र उनको सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रबक्ता जगदिश रेग्मीले जानकारी दिए।

ट्र्याक्टरको पछाडिको भाग ट्रली छुटेर ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा चालक इन्जिनको भागले च्यापिन पुगेका थिए।

गम्भिर घाइते अवस्थामा उद्धार गरिएका परियारलाई उपचारको लागी मणिपाल अस्पताल पुर्याइएको थियो । रेग्मीका अनुसार नेपालीलाई अस्पतालले दिउसो ३:५० मा मृत घोषणा गरेको थियो।

More News last news
Loading...